परराष्ट्रमन्त्री बङ्गलादेश प्रस्थान
रासस
फाल्गुन ५, २०७६ सोमबार
मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले राससलाई बताउनुभयो ।