नेपाल–बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै
रासस
फाल्गुन ४, २०७६ आईतवार
नेपाल र बङ्गलादेशबीच डेढ दशकपछि परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय वार्ता आगामी मङ्गबार ढाकामा हुँदैछ । सम्पर्क सञ्जाल विस्तार, ऊर्जा व्यापार र व्यापार अभिवृद्धिमा केन्द्रित रहेर वार्ता हुनेछ ।
द्विपक्षीय सम्बन्धका सबै पक्षमा गहन छलफल हुने प्रतिनिधिमण्डलस्तरीय वार्तामा साझा चासोका ऊर्जा, व्यापार प्रवद्र्धन, पारवहन, सम्पर्क सञ्जाल विस्तार, पर्यटन, लगानी, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा सघन...