सम्पदा क्षेत्रमा ‘खनजोत’ रोक
रासस
मंसिर २९, २०७६ आईतवार
जिल्ला प्रशासन कार्यालयले पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाएको छ । पुरातत्व विभागको परिपत्रअनुसार स्थानीय प्रशासन कार्यालयले आज सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति तथा सहमति गराउन पाँचखाल नगरपालिकालाई पत्रमार्फत जानकारी गराएको हो ।