जनकपुरधाम मङ्सिर ३० गते । विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी बलराम नायकको ८७ वर्षको उमेरमा आज विहान निधन भएको छ । पछिल्लो समय उहाँ धनुषा जिल्लाको सबैला नगरपालिका बस्दै आउनुभएको थियो ।
स्वतन्त्रता सेनानी राजेश्वर नेपालीका अनुसार उहाँलाई नेपाली काँगे्रसले ‘वरिष्ठ प्रजातन्त्र सेनानी’को उपाधिबाट सम्मान गरेको थियो ।
प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँ विसं २०१८ र २०४५ मा जेल पर्नुभएको थियो । उहाँ जनकपुरधामको जानकी वृद्धा आश्रमको संस्थापक अध्यक्ष तथा काठमाडौँको सिर्जनात्मक गुठीको सल्लाहकार समेत हुनुहुन्थ्यो । उहाँका दुई छोरा र दुई छोरी रहेको छन् ।