राजाको चौतारो : शान्ति, एकता र सहअस्तित्वको ऐतिहासिकस्थल
रासस
मंसिर २२, २०७८ बुधबार
चार शताब्दी पुरानो ‘राजाको चौतारा’ नेपालका बाइसे–चौबिसे राज्यका पालाको साक्षी बनेर रहेको छ । तत्कालीन समयमा लडाइँभिडाइ नगरी सहअस्तित्व र आपसी मेलमिलाप गर्न यहाँको मालमूल फाँटमा कास्की, तनहुँ, रिसिङ, घिरिङ, पर्वत, भीरकोट, गह्रौं, ढोर, नुवाकोट, सतहुँ, लमजुङ र गोरखा राज्यका १२ राजा भेला भएको र त्यसपछि चिनेको चौतारा भएकाले त्यसै समयदेखि यसको नाम राजाको चौतारा रहेको इतिहासमा उल्लेख छ ।
तत्कालीन समयमा यहाँका कास्की र लमजुङ...