माओवादीको प्रदेश समितिमा महिला ३५ र युवाको २० प्रतिशत सुनिश्चित
रासस
मंसिर २४, २०७८ शुक्रबार
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा जानकारी दिन सो पार्टीले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज हितराज पाण्डेले महिला, युवा, दलितलगायतलाई पार्टी कमिटीमा प्राथमिकता दिने पार्टी नीति रहेको बताउनुभयो ।
उहाँले १८ देखि...