चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
रासस
आश्विन २६, २०७८ मंगलवार
दशैंका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर दसैँ, तिहार, छठ जस्ता महान् चाड नजिकिँदै गर्दा खुसीभन्दा पनि चिन्ता भरिएको देखिन्छ ।
परदेशमा रहेको छोरा दशैंको बेला घर नआउँदा आमाको मन नराम्रोसँग कुँडिएको छ । घरको पिँढीमा बसेर त्यही परदेशी छोरालाई सम्झेर बस्नु यतिखेर उनीहरूको दैनिकी जस्तै...