एक वर्षभित्र भान्साबाट एलपी ग्यास विस्थापित गरौँ : ऊर्जामन्त्री भुसाल
रासस
आश्विन २४, २०७८ आईतवार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गर्नुभएको छ ।
ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य सङ्घले विजयादशमी, दीपावली, नेपाल संवत् ११४२ तथा छठपर्वका उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुल्हो प्रयोग गरौँ । डलर साटेर...