गरिबीमुक्तपछि मात्र समाजवाद पहिल्याउन सकिन्छ : ऊर्जामन्त्री भुसाल
रासस
आश्विन ३, २०७८ आईतवार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “समाजवादमा त्यतिखेर जान्छौँ, जतिखेर गरिबीको रेखामुनि रहेका १८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मुक्त हुन्छन् ।”