logo
२०८१ माघ १३ आईतवार



ऐन कानुन जनताकै भावना अनुसार बनेका छन् : मुख्यमन्त्री भट्ट

प्रदेश |


ऐन कानुन जनताकै भावना अनुसार बनेका छन् :  मुख्यमन्त्री भट्ट


डोटी, असोज ३ गते । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले प्रदेश सरकारले सबै प्रकारका ऐन कानुन जनताकै भावना अनुसार तयार गरी कार्यान्वयन गरिराखेको उल्लेख गर्नुभयो ।


विज्ञप्तिमा भनिएको छ “ संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध हुन प्रेरणा मिल्नेछ । ” 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?