हरितालिका तीज र नारी अधिकार
रासस
भाद्र २४, २०७८ बिहीबार
“माइतबाट लिन आउँदा खुशी भइन्थ्यो,
पिँजडाको चरी फुत्केसरी भइन्थ्यो”
विवि अनुरागीको संगीत र पवित्रा रसाइलीको स्वरमा यो गीतले भनेझैँ तीज पर्व वर्षभरि सासु, सुसुरा, पति, नन्द, आमाजुका खटनमा गर्नुपर्ने कामका बोझहरुलाई थपक्कै बिसाएर स्वतन्त्र भइ माइती जान पाइने अवस्थालाई सम्झाएको छ । यसरी माइती गएपछि आफ्ना साथी संगीहरुसँग रमाइलो गर्ने त छँदैछ ।
विवाहपछि बुहारीले कर्म घरबाट भोगेका पीडा, नमिठा पलहरुलाई गीतमार्फत निर्धक्क...