नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेत घट्यो
रासस
भाद्र २३, २०७८ बुधबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६०.०२ अङ्कले ओरालो लागेर दुई हजार ८७६.५९ मा ओर्लेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९१ बिन्दुले ओरालो लागेर ५३६.५१ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि बुधबार घटेको छ । कूल २२५ कम्पनीको...