गृहमन्त्रीद्वारा बाढी, पहिरो प्रभावितलाई राहत उपलब्ध गराउन निर्देशन
रासस
भाद्र २१, २०७८ सोमबार
गृहमन्त्री बालकृष्ण खाँणले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग सम्बन्धित जिल्लामा बाढी, पहिरो र डुबानको क्षतिबारे जानकारी लिनुभएको छ । उहाँले आज प्रजिअहरुलाई टेलिफोनमार्फत बाढी, पहिरो र भएको डुबानमा परेका नागरिकलाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिनुभयो ।
गृहमन्त्री खाँणले रोल्पाका प्रजिअ नवराज सापकोटालाई टेलिफोन...