नौ जनप्रतिनिधिद्वारा एकीकृत समाजवादीमा सनाखत
रासस
भाद्र २१, २०७८ सोमबार
जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू,प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा, वडा नं १ का सदस्य मानबहादुर लिम्बू, वडा नं २ का सदस्य पूर्णबहादुर कामी, वडा नं–३ का वडाध्यक्ष गजेन्द्रकुमार...