मोरङको लेटाङमा निषेधाज्ञा
रासस
चैत्र ७, २०७८ सोमबार
जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र तथा पश्चिममा चिसाङ खोला क्षेत्रमा निषेधाज्ञा...