logo
२०८१ बैशाख १४ शुक्रवार



पोखरेली व्यवसायी क्षमता अभिवृद्धिमा जुट्दै

प्रदेश |


पोखरेली व्यवसायी क्षमता अभिवृद्धिमा जुट्दै


गण्डकी, चैत ७ गते । पर्यटकका लागि उपहारका रुपमा प्रयोग गरिने सामग्रीको बिक्री वितरण गर्दै आएको संस्था इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएशन (एगा) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित पर्यटन प्रवद्र्धन एवं अवलोकन भ्रमणका सहभागी यतिखेर पूर्वी नेपालमा पर्यटन प्रवद्र्धनसँगै क्षमता अभिवृद्धिमा जुटेका छन् ।

आइतबार पूर्वी नेपालको विराटनगर पुगेका व्यवसायी एवं सञ्चारकर्मीसहितको २५ सदस्यीय टोलीले पूर्वी नेपालका पर्यटकीय गन्तव्य अवलोकनसँगै पोखराको पर्यटन प्रवद्र्धन एवं इम्ब्रोइडरी र गार्मेन्ट उद्योगबाट उत्पादित सामानको उत्पादन प्रक्रियालगायत विषयमा जानकारी गराएका छन् । एगा पोखराका अध्यक्ष विश्वराज पोखरेल आन्तरिक र बाह्य पर्यटकका लागि आफू फर्कदा लैजाने पर्यटकीय चिनारीले विशेष महत्व राख्ने बताउनुहुन्छ । इम्ब्रोइडरी र गार्मेन्टका सामानको बिक्री वितरणलाई २०६१ सालमा स्थापित एगाले व्यवस्थित बनाउँदै लगेको पोखरेलको भनाइ छ ।

इम्ब्रोइडरी र गार्मेन्ट उद्योगले पर्यटकको इच्छाअनुसार कपडामा बुट्टा भर्नुका साथै स्वदेशी तानमा बुनेका कपडा सिलाइ गरी बिक्री वितरण गर्दै आएको पोखरा पर्यटन परिषद््का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुभयो । पोखरामा आउने पर्यटकलाई गुणस्तरीय सामान उपलब्ध गराउने र पोखराको विशिष्ट पहिचानसहितको कोशेली के बनाउन सकिन्छ भन्ने नै भ्रमणको उद्देश्य रहेको उहाँ बताउनुहुन्छ ।

कोरोनाबाट प्रभावित पर्यटनको पुनःउत्थानका लागि पर्यटकीय गतिविधि बढ्नु आवश्यक छ । इम्ब्रोइडरी र गार्मेन्टबाट उत्पादित सामग्रीले नेपाललाई विश्वमाझ चिनाउने गरेको भए पनि संस्थाको योगदानको उचित मूल्याङ्कन हुन नसकेको एगा पोखराका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ बताउनुहुन्छ । “पर्यटकीय चिनारीका लागि यहाँको पहिचान झल्कने सामग्री तयार गरी बिक्री वितरण गर्दा विश्वमाझ नेपालको प्रचारप्रसार भएको छ”, उहाँले भन्नुभयो, “इम्ब्रोइडरी र गार्मेन्ट उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?