ब्याजमा अनुदान : युवा उद्यमी उत्साहित
रासस
श्रावण २९, २०७८ शुक्रबार
समसुदिन मियाँ रामपुरको बेझाड बजारका एक प्रतिष्ठित साउण्ड सिस्टम व्यवसायी हुनुहुन्छ । यस व्यवसायमा लामो समयदेखि अनुभव लिनुभएका मियाँको अहिलेको दिनचर्या भने हाँसपालनमा बितेको छ ।
रामपुर नगरपालिकाले कृषि उद्यम गर्न इच्छुक युवालाई ब्याज अनुदान उपलब्ध गराउन थालेपछि बैंकबाट रु १२ लाख ऋण झिकेर हाँसपालन सुरु गर्नुभएको छ । “कोरोनाको असरले अहिले साउण्ड सिस्टमको व्यापार छैन, नगरपालिकाको सहयोगमा हाँसपालन सुरु गरेको छु”,...