युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छः राष्ट्रपति
रासस
श्रावण २८, २०७८ बिहीबार
राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरुमा रहेको उर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि...