बाढी प्रभावित जनतालाई सरकारले पूर्णरुपमा सहयोग गर्छः अध्यक्ष प्रचण्ड
रासस
श्रावण २३, २०७८ शनिबार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित जनतालाई सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिमालपारिको जिल्ला मनाङमा गत असार १ गते गएको बाढी प्रभावित क्षेत्रको आज भ्रमण तथा अवलोकन गर्ने क्रममा उहाँले भन्नुभयो, “यो सरकारको साथ तपाईँहरुलाई छ, तपाईँहरुको दुःखको साथमा हामी छौँ, गठबन्धन सरकार छ ।”
अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक र मनाङमा १०० वर्ष यताकै ठूलो...