परीक्षणको क्षमता बढाउन समितिको निर्देशन
रासस
श्रावण २५, २०७८ सोमबार
सङ्घीय संसद्, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङकन समितिले कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण र रोकथामका लागि गुणस्तरीय उपचार र परीक्षणको राष्ट्रिय क्षमता बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
कोरोना सङ्क्रमण जोखिम नियन्त्रण, उपचार व्यवस्थापनबारे स्वास्थ्य सेवा विभागका पदाधिकारीसँग जानकारी लिएपछि समितिले खोपको अनियमितता भएको सम्बन्धमा आएका...