नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब
रासस
श्रावण १८, २०७८ सोमबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुगेको छ ।
कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो ।
यस्तै, युनिभर्सल पावर रु ३५ करोड ४८ लाख ५२ हजार ५१८, फस्ट माइक्राफाइनान्स रु ३४ करोड तीन लाख ५४ हजार ३९८, नागरिक लगानी कोष रु ३२...