पाँचखालमा ‘भू–भौतिकी सर्वेक्षण’: प्रतिवेदन कुर्दै पुरातत्व विभाग
रासस
श्रावण ५, २०७८ मंगलवार
पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण)को काम सकेको चार महिना भयो । विभागले बेलायतबाट आएको विज्ञ टोलीसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गत चैत पहिलो साताको सर्वेक्षणमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको थियो ।
बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमाली, वासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर...