प्रविधिमैत्री बन्दै न्यायालय
रासस
श्रावण ४, २०७८ सोमबार
अहिले उच्च अदालत पोखरा बागलुङ इजलासमा फैसलाको पूर्ण पाठ एक हप्तामै तयार हुन्छ । फैसलाको पूर्णपाठ अदालतमा तयार मात्रै हुँदैन, उच्च अदालत पोखरा बागलुङ इजलासको वेबसाइटमा समेत अपलोड हुन्छ । जबकि २१ दिनभित्र फैसलाको पूर्णपाठ तयार गर्नुपर्ने अदालतको नियम छ ।
उच्च अदालत पोखरा बागलुङ इजलासले पछिल्लो समय आफूलाई प्रविधिमैत्री बनाएर न्याय सम्पादनमा चुस्तता प्रदान गर्न थालेको छ । जनतामा न्याय महँगो छ, ढिलासुस्ती छ भन्ने...