सवारीसाधनको विवरण नागरिक एपबाटै हेर्न पाइने
रासस
असार २९, २०७८ मंगलवार
नागरिक एपको आइओएस भर्सनमा (आइफोनमा) पनि सवारीसाधनको जानकारी, कर बक्यौता र कर दाखिलाको पुरानो विवरण हेर्न सकिने भएको छ । नागरिक एपको भर्सन १.९.८ एपस्टोरबाट अपडेट भएसँगै आइफोन प्रयोगकर्ताले नयाँ फिचर उपयोग गर्न सक्ने भएका हुन ।
यसअघि पहिलो चरणमा एन्ड्रोइडको प्ले स्टोरमा मात्र सो भर्सन अपडेट भएको थियो । आइओएसमा नयाँ अपडेटसँगै यातायात कार्यालयमा रहेको आफ्नो सवारीसाधनको विवरण, चुक्ता गरिसकेको तथा चुक्ता गर्न बाँकी कर...