विपद् अवस्थाबाट तङ्ग्रिन चाहन्छ मेलम्ची बजार (फाेटाे फिचरसहित)
रासस
असार २७, २०७८ आईतवार
मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्र दुलालको दिनचर्या अहिले बदलिएको छ । गत जेठ मसान्तसम्म उहाँलाई प्रशासनिक कामसँगै वडामा निर्माणाधीन संरचनाको निरीक्षण गर्न भ्याइ नभ्याइ हुन्थ्यो ।
उहाँ हिजोआज यही असार १ गते मेलम्ची नदीमा लेदोसहितको बाढीले भत्काएका संरचना अवलोकन तथा क्षतिको विवरण सङ्कलन गर्न व्यस्त हुनुहुन्छ । तत्कालका लागि वडावासीलाई बस्ने र खाने व्यवस्था मिलाउन, मेलम्ची बजारलाई पूर्ववत् अवस्थामा पु¥याउन...