गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण
रासस
असार २७, २०७८ आईतवार
देशव्यापी गुर्जो रोपणको अभियान चलाउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ । गोदावरी नगरपालिका–१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को बडीखेल, ९ को छम्पी र वडा नं १४ को ठैब क्षेत्रमा १००/१०० गरी ५०० बिरुवा शनिबार रोपिएको हो । गोदावरी सरोकार समाजको सक्रियतामा नगरपालिकाका पाँच स्थानमा गुर्जो रोपिएको अभियानकर्मी राजलवटले राससलाई जानकारी दिनुभयो ।