नवनियुक्त महाप्रबन्धक र सञ्चालक सदस्यलाई बधाई तथा स्वागत
रासस
असार २५, २०७८ शुक्रबार
राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक र सञ्चालक समिति सदस्यलाई बधाई तथा स्वागत गरिएको छ । रासस कर्मचारी युनियन र प्रेस चौतारी नेपाल, रासस शाखाले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बधाई दिँदै स्वागत गरिएको हो ।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले जागिरे मानसिकताभन्दा सिर्जनात्मक समाचार उत्पादन गर्न आग्रह गर्दै कर्मचारीको सेवा सुविधा वृद्धि, वृत्ति विकासमा...