नेप्सेमा ओरालो, होटल तथा पर्यटन उपसमूहमा उत्साह
रासस
असार २०, २०७८ आईतवार
कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् । तर, धितोपत्र बजारमा आज भएको शेयर कारोवारले भने यो यर्थाथलाई स्वीकार गरेको छैन ।
साताको पहिलो दिन आइतबार भएको शेयर कारोवारमा होटल तथा पर्यटन उपसमूहको शेयरमा उल्लेख्य वृद्धि भएको छ । कूल १३ उपसमूहमध्ये आज १० उपसमूहको शेयर ओरालो लाग्दा तीन उपसमूहको शेयर भने उकालो लागेको...