लगातारको वर्षाले तरकारी खेती सखाप
रासस
असार १९, २०७८ शनिबार
लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका भदौरे तरकारीका बेर्ना, सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरलो बढेको हो ।
बारीमा भाण्टा, खोर्सानी र अरु तरकारीका बोट वर्षाको पानीले सोत्तर बनाएको छ । त्यसैगरी रायो, लट्टे ९ठडीया० र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौंला, झिमनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहितका...