सार्वजनिक जग्गा अतिक्रमण : अतिक्रमित जग्गा खोज्दै बेनी नगरपालिका
रासस
फाल्गुन २६, २०७८ बिहीबार
म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गा, पुल, सडक र खोल्सा अतिक्रमणमा परेका छन् । सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने दायित्व बोकेको बेनी नगरपालिकाले हटाउनुपर्ने अतिक्रमित संरचनालाई भाडामा लगाएर वैधता दिएको छ । सस्तोमा सम्झौता गरेको जग्गामा टहरा बनाएर महङ्गोमा भाडामा लगाउने प्रवृत्ति बढेको बेनीका पहलबहादुर खत्रीले बताउनुभयो ।