प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट, स्वास्थ्य क्षेत्रमा प्रथमिकता
रासस
असार १, २०७८ मंगलवार
प्रदेश नं २ सरकारले आर्थिक बर्ष २०७८ र ७९ का लागि रु ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ ।आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आर्थिक वर्ष २०७८ र ७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै चालूतर्फ रु १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात ४६।२६ प्रतिशत, पुँजीगततर्फ रु १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३।४४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रु १० करोड अर्थात ०।३० प्रतिशत बजेट विनियोजना...