कवाडी सामान बेचेर छाक टार्नेलाई समस्या
रासस
जेष्ठ ३१, २०७८ सोमबार
“सानो छ खेत, सानो छ बारी, सानै छ जहान नगरी काम, पुग्दैन खान, साँझ र बिहान ।” कवि दैवराज न्यौपानेले यी हरफमा उल्लेख गरे झैँ ताप्लेजुङ घर भइ लामो समयदेखि लमजुङको बेँसीशहर नगरपालिका–८ शेराबजारमा बस्नुभएका ६५ वर्षीय बलबहादुर तामाङको जीवनमा यस्तै भइरहेको छ । दैनिक काम काम नगरे छाक टार्न गाह्रो हुन्छ ।
तामाङलाई दिनभरी काम ग¥यो, बेलुका बिहान आफू र परिवारका छाक टार्न ठिक्क हुन्छ । त्यही छाक टार्नका लागि उहाँ दिनरात लमजुङ...