कोभिडबाट मृतक पत्रकारका परिवारलाई काउन्सिलको सहयोग
रासस
जेष्ठ १८, २०७८ मंगलवार
प्रेस काउन्सिल नेपालले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमणबाट अति प्रभावित नौ पत्रकार र परिवारलाई सहयोग उपलब्ध गराएको छ । काउन्सिलको मिडिया विकास कोष उपसमितिको यही जेठ १४ गतेको बैठकले कोरोना सङ्क्रमण भई भेन्टिलेटर, आइसियुमा उपचाररत छ पत्रकार र कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका तीन पत्रकारका परिवारलाई सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । काउन्सिलले तत्कालका लागि जनही रु. २५ हजारका दरले सहयोग उपलब्ध गराएको हो...