‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार दिइने
रासस
जेष्ठ १८, २०७८ मंगलवार
नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेश समितिले विभिन्न विधाका छ पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ । एशोसिएट प्रदेश समितिका अध्यक्ष वैकुण्ठ पराजुलीले एक विज्ञप्ति जारी गरी आर्थिक, फोटो, चलचित्र, खेलकूद, राजनीतिक र कार्टुन पत्रकारितामा सक्रिय पत्रकारलाई ‘सङ्कटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने बताउनुभएको हो ।