केही सार्वजनिक संस्थान सरकारका लागि वित्तीय बोझ बनेका अर्थमन्त्रालयको विश्लेषण
रासस
जेष्ठ १४, २०७८ शुक्रबार
अर्थमन्त्रालयले उत्पादकत्व र कार्यक्षमता प्रभावकारी नहुँदा केही सार्वजनिक संस्थान सरकारका लागि वित्तीय बोझका रूपमा रहेका विश्लेषण गरेको छ । वित्तीय पारदर्शिता र आर्थिक अनुशासन पालना नहुँदा ती संस्था जर्जर बनेका मन्त्रालयको ठहर छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७८’ मा औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी, वित्तीय क्षेत्रमा विभक्त ४४ वटा सार्वजनिक...