logo
२०८१ माघ २६ शनिवार



स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि

स्वास्थ्य |
खुला |


स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवतीको सङ्ख्यामा वृद्धि
सांकेतिक


काठमाडौँ, जेठ १४  गते । सरकारले स्वास्थ्य सेवाका सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ । आज जारी आर्थिक सर्वेक्षणमा दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने र स्वास्थ्य संस्थामा प्रसूती गराउने गर्भवतीको सङ्ख्या वृद्धि हुँदै गएको जनाइको छ ।    
    
विसं २०७७ फागुनसम्ममा दक्ष प्रसूतिबाट प्रसूति गराउने महिला ७९.३ प्रतिशत र स्वास्थ्य सेवामा प्रसूति गराउने ७७ं.७ प्रतिशत छ । यसैगरी नवजात शिशुमृत्युदर, शिशु मृत्युदर, पूर्ण रुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशत लगायतका अन्य स्वास्थ्य सूचाङ्कमा सुधार भएको सर्वेक्षणमा उल्लेख छ । पाँच बर्ष मुनिको बालमृत्युदर एक हजारमा २८ जना, नवजात शिशुमृत्युदर एक हजारमा (२८ दिनभित्र) १६ जना, शिशुमृत्युदर प्रति एक हजारमा (एक बर्षभित्र)मा २५ उल्लेख छ ।    
    
सरकारले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि ५४ कोभिड अस्पताल, १२५ कोभिड क्लिनिक र ८४ पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ । यस्तै विसं २०७७ फागुन मसान्तभित्रमा २२ हजार १२७ क्यारेन्टिन श्यया, १३ हजार ७७२ आइसोलेशन श्यया, एक हजार १५४ सघन उपचार कक्ष (आइसियुं), ४७५ भेन्टिलेटर र ६७६ हाई डिपेन्डेन्सि युनिट (एचडियू) निर्माण गरेको जनाएको छ ।    
यसगैरी सोही अवधिमा सात हजार २२१ स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन । १२५ अस्पताल, २०५ प्राथमिक स्वास्थ्य केन्द्र, तीन हजार ८७० स्वास्थ्य चौकी, ३९५ आयुर्वेदिक अस्पताल र दुई हजार ६२६ उपस्वास्थ्य चौकी रहेका छन । विसं २०७६ फागुनसम्म सात हजार १५४ रहेका थिए ।     
    
यस्तै सबै स्थानीय तहको हरेक वडामा एक स्वास्थ्य संस्था राख्ने योजना अनुसार फागुनसम्म दुई हजार ६२६ पुगेको छ । सरकारले आव २०७६-०७७ मा सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाबाट बहिरङ्ग सेवा ८८.७ प्रतिशत, अन्तरङ्ग सेवा ४.१ प्रतिशत र आकस्मिक सेवा ७.२ प्रतिशत बिरामीले लिएका छन् ।    
    
औलो क्रमशः नियन्त्रणमा    
    
आर्थिक सर्वेक्षणमा औलो रोग क्रमशः नियन्त्रण हुँदै गएको बताइएको छ । आव २०७६-०७७ मा दुई लाख ५२ हजार १५५ व्यक्तिको नमुना परीक्षण गर्दा ६१९ जनामा औलो रोग देखा परेकोमा आव २०७५-०७६ मा एक लाख ९९ हजार ९२७ जनामा परीक्षण गर्दा एक हजार ६५ जनामा औलो देखिएको थियो ।    
यस्तै चालु आवमा २०७-०७८ मा स्वास्थ्य क्षेत्रको कुल मूल्य अभिवृद्धि बृद्धिदर अघिल्लो आर्थिक बर्षको तुलनामा बढेको पाइएको छ । चालु आवमा मूल्य अभिवृद्धि ६.५३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । अघिल्ला आवमा ५.२ प्रतिशत रहेको थियो ।    
    
यसैगरी आर्थिक सर्वेक्षणमा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गरिएको छ । विसं२०७७ फागुन महिनासम्म ६९ जिल्लाका ११० स्थानीय तहका ६७३ वडामा स्वास्थ्य कार्यक्रम सञ्चालित छ । स्वास्थ्य बीमा कार्यक्रमबाट सात लाख ४२ हजार १९२ घरपरिवारका ३७ लाख १० हजार ९६२ सदस्य विमित छन् ।    
    
यस्तै ७० अत्यावश्यक औषधि निःशुल्क वितरण गरिएको छ । राष्ट्रिय निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत २५ श्ययाबाट ७० औषधि, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाईबाट ३८ अत्यावश्यक औषधि निःशुल्क वितरण हुँदै आइरहेको छ । सरकारले २०७७ फागुनसम्म मा ३९ हजार २७९ बिरामीलाई क्यान्सर, मुटु र मिर्र्गाैला रोगका निःशुल्क औषधि उपचार गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?