आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ
रासस
बैशाख २३, २०७८ बिहीबार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गर्नुभयो ।
मन्त्रालयद्वारा यहाँ आज निजी क्षेत्रका सञ्चारमाध्यमका सञ्चालकसँगको छलफलमा उहाँले भन्नुभयो,“यो बेला भनेको...