गेटा कलेजलाई आइसोलेशन बनाउन उद्योगमन्त्री भट्टको निर्देशन
रासस
बैशाख २०, २०७८ सोमबार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउनका लागि आवश्यक तयारी अघि बढाउन निर्देशन दिनुभएको छ । आफूलगायतको टोलीले आइसोलेशन निर्माणका लागि आज यहाँ स्थलगत अनुगमन गर्दै उहाँले आइसोलेशन व्यवस्थापनका लागि गेटा मेडिकल कलेजका भवनमा तत्काल विद्युत्, खानेपानी, स्वास्थ्य सामग्री तथा अन्य आवश्यक उपकरण जडान गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।