खोटाङमा असिनासँगै फौजी कीराको प्रकोप
रासस
बैशाख १९, २०७८ आईतवार
सिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् ।
फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैका बिरुवाको मुन्टा, गुभो, पात खाएर नष्ट गरेको छ । मकै उम्रिएर तीन÷चार पात पलाउँदादेखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको...