‘उतार्नुहुन्न श्रीमान्सँग गाँसिएका सौभाग्य’
रासस
बैशाख १८, २०७८ शनिबार
“पति बितेको एक महिना भयो, तर म सिन्दुर, पोते र चुरा लगाइरहन्छु, मेरो पतिको चिनो हो, म किन खोल्ने ?” यो भनाइ काठमाडौँको हाडीगाउँस्थित ८३ वर्षीया सरिता पौडेलको हो । सरिताको ९३ वर्षीय पति बलराम पौडेलको गत चैत १६ गते निधन भयो, तर उहाँ सिन्दुर, चुरा, पोते र रातो परिहनमा हुनुहुन्छ ।