मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा
रासस
बैशाख २, २०७८ बिहीबार
चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालु आव २०७७÷०७८ को भदौमा चार, असोजमा आठ, कात्तिकमा दुई, मङ्सिरमा दुई, पुसमा नौ, माघमा पाँच र फागुनमा छ वटा सवारी साधन कारवाहीमा परेका छन् । मापदण्डविपरीत ढुवानी गर्ने...