तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट
रासस
बैशाख ३, २०७८ शुक्रबार
पुरानो प्रणालीबाट पानी वितरण गर्दा महिनामा ३०० स्थानसम्ममा चुहावट हुनसक्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदलले यस्तो प्रतिवेदन तयार पारेको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले राससलाई जानकारी दिनुभयो ।
सडक विभागका महानिर्देशकको संयोजकत्वमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सडक डिभिजन प्रमुख, केयुकेएल शाखा कार्यालयका प्रमुख रहेको...