नेपाल पत्रकार महासङ्घ काठमाडौँमा सुवेदी
रासस
चैत्र २७, २०७७ शुक्रबार
नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी हुनुभएको छ । महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा), महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी हुनुभएको छ । यसैगरी...