अहिलेको युग विकास र समृद्धिको युग हो : मुख्यमन्त्री राई
रासस
चैत्र २२, २०७७ आईतवार
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेको युग विकास र समृद्धिको युग भएको बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको कम्पोष्ट मल उद्योग, बायोग्यास प्लान्ट र कृषि स्रोतको उद्घाटन कार्यक्रममा शनिबार उहाँले प्रदेश नं १ को सबै जिल्लामा सडक, पुल, खानेपानी, विद्युत, कृषि, पर्यटनलगायतको विकासले जनतामा समृद्धि मिलेको बताउनुभयो ।