आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट
रासस
चैत्र २०, २०७७ शुक्रबार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताउनुभएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा आज उहाँले आवश्यकता भए थप इजाजत दिने बताउनुभएको हो ।
आफूले कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको देखेको उल्लेख गर्दै उहाँले विपरीत विचार हुनेले तेल नपाउने गरी पेट्रोलियम...