मानिसका घरमा परेवा र गौँथलीकाे वासमा कमी, वनमा पनि छैनन् ढुकुर र मालचरी
रासस
चैत्र १५, २०७७ आईतवार
कुनै समय थियो, गौँथलीको चिरबिर र परेवाको माकुर...कुर..जुन घरमा सुनिन्छ, त्यो घर लच्छिनको हुन्छ, त्यहाँ सह बसेको हुन्छ भनेर विश्वास गरिन्थ्यो । समय बदलियो । समयसँगै हाम्रा पुख्र्यौली मान्यता र श्रृति परम्पराका कथनभित्र रहेका ज्ञानका अथाह भण्डार पनि विस्मृतिको गर्भमा पुरिँदै गए ।
धार्मिक, सामाजिक र वातावरणीय महत्वसँग जोडिएका कैयौँ आनुवांशिक स्रोतहरु हराउँदै गए । रैथाने प्रविधि लोप भए । मानवीय जीवनलाई प्रकृतिको...