आठ महिनामा दुईहजार आठसय सवारी दुर्घटना, ३५४ जनाको मृत्यु
रासस
चैत्र १७, २०७७ मंगलवार
प्रदेश २ का आठ जिल्लामा चालू आर्थिक वर्ष ०७७÷७८ को साउनदेखि फागुनसम्ममा दुईहजार ७८९ वटा विभिन्न सवारीसाधन दुर्घटनामा परेको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख तथा उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताउनुभयो ।
घटनाको मुख्य कारण भने चालकहरुले मादक पदार्थ सेवन गरेको, सवारीको उचित समयमा यान्त्रिक मर्मत नहुनु, बढी गतिसहितको ओभरटेक, भाँसिएको तथा बिग्रिएको सडक भएको उहाँले बताउनुभयो ।
सो दुर्घटनामा चारहजार ५५० जना यात्री...