दुई किलो अफिमसहित भारतीय महिला पक्राउ
रासस
फाल्गुन २६, २०७७ बुधबार
मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट आज दुई किलो लागुऔषध (अफिम)सहित दुई भारतीय महिला पक्राउ परेका छन् ।
न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्रीलाई पक्राउ गरेको हो ।
उनीहरुले कालो, निलो रङ्गको प्लाष्टिकको झोलाभित्र दुई वटा...