लक्ष्मीनारायणको हराएको मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
रासस
फाल्गुन २२, २०७७ शनिबार
ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको डालास सङ्ग्रहालयमा राखिएको मूर्ति सङ्घीय जाँच ब्यूरो (एफबिआई) र अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वाशिङटनस्थित नेपाली दूतावासमा आज हस्तान्तरण गरिएको हो ।
अमेरिकी विदेश मन्त्रालय, कला, सांस्कृतिक सम्पदा संरक्षण विभाग, सञ्चार क्षेत्रलगायतको संयुक्त प्रयासबाट हराएको उक्त...