विभाजित नेकपामा एकता प्रयास भइरहेको छ : नेता भट्टराई
रासस
फाल्गुन २१, २०७७ शुक्रबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताउनुभएको छ ।
प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रमा उहाँले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”